Comments Add Comment

अब कोरोना भाइरसको ‘इपिसेन्टर’ बन्न सक्छ भारत

५ चैत, काठमाडौं । विज्ञहरुले कोरोना भाइरस (कोभिड–१९) को अबको इपिसेन्टर भारत बन्न सक्ने चेतावनी दिएका छन् ।

एसियाको अन्य मुलुकमा सफल मानिएको  रोकथामको प्रयास विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतका लागि पर्याप्त नहुने उनीहरुको निष्कर्ष छ ।

भारतमा अहिलेसम्म १४७ जनामा यो भाइरसको संक्रमण देखिएको छ । यसमध्ये तीनजनाको ज्यान गइसकेको छ । भाइरसको संक्रमण रोकथामको प्रयासमा भारतले सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । साथै बाहिरबाट आउने मानिसलाई क्वारेन्टाइनमा राख्ने र संक्रमण देखिए आइसोलेसनमा राख्नेलगायतका काम गरिरहेको छ ।

विज्ञहरु भने १ अर्ब ३० करोडभन्दा बढी जनसंख्या भएको मुलुकमा यस किसिमको प्रयासले भाइरसलाई रोक्न नसक्ने बताउँछन् । विशेषगरी अत्याधिक जनसंख्या भएको शहरमा यो भाइरसको प्रकोप रोक्न मुश्किल हुने उनीहरुको भनाइ छ ।

भारतको चिकित्सा अध्ययन परिषद्ले कोरोना परीक्षणको क्षमता बढाएर दैनिक ८ हजार जनाको परीक्षण गर्न सकिने बनाउने निर्णय गरेको छ । अहिले भारतमा दैनिक ५०० जनाको मात्र परीक्षण गर्ने क्षमता छ ।

र, भारतीय समाजमा यो भाइरस फैलिएको कुनै प्रमाण नभेटिएको अधिकारीहरुले बताएका छन् ।

तर विज्ञहरु भने १ अर्ब ३० करोडभन्दा बढी जनसंख्या भएको मुलुकमा यस किसिमको प्रयासले भाइरसलाई रोक्न नसक्ने बताउँछन् । विशेषगरी अत्याधिक जनसंख्या भएको शहरमा यो भाइरसको प्रकोप रोक्न मुश्किल हुने उनीहरुको भनाइ छ ।

तर यो संख्या अप्रिल १५ सम्ममा १० गुणा बढी हुने भारतले सञ्चालन गरेको सेन्टर फर एड्भान्स रिसर्च इन भाइरोलोजीका पूर्व प्रमुख डा. टी जाकोब जोनले बताएका छन् ।

यो भाइरस ठूलो महामारी हो भन्ने भारतले नबुझेको उनको भनाइ छ । उनका अनुसार प्रत्येक साता बितेसँगै यो महामारी ठूलोभन्दा ठूलो हुँदै गइरहेको छ । एसियाका अन्य मुलुकको तुलनामा भारतमा अहिलेसम्म यो भाइरसको प्रकोप कम छ । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाइरस नियन्त्रणका लागि सबैभन्दा राम्रो प्रयास गरिरहेको बताएका छन् ।

अहिले भारतको सबैभन्दा ठूलो समस्या महाराष्ट्रमा छ । यो राज्यमा सबैभन्दा बढी शहरीकरण छ । यो राज्यमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । अहिलेसम्म यहाँ ३९ संक्रमितको पुष्टि भइसकेका छन् । सोमबार महाराष्ट्रले भर्चुअल लकडाउनको घोषणा गरेको थियो ।

त्यसका लागि सबै सार्वजनिक स्थान बन्द गरिएको थियो । सबै विश्वविद्यालयको सबै जाँच रोक्न र सरकारी कार्यालयका आधा कर्मचारीलाई घरबाटै काम गर्न लगाउन सरकारले आग्रह गरेको थियो ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले अहिले महाराष्ट्र कोरोना भाइरस रोकथामको दोस्रो चरणमा रहेको बताएका छन् ।

यो अवस्थालाई रोक्न नसकिएको अवस्थामा कोरोना भाइरसको प्रकोप तेस्रो चरणमा प्रवेश गर्ने र यो अवस्थामा राज्यमा नयाँ संक्रमितको संख्यामा उल्लेख्य वृद्धि हुने उनको भनाइ छ । ‘हामीले कुनै पनि अवस्थामा यो भाइरसलाई नियन्त्रण गर्नु जरुरी छ’ उनले भने ।

मुलुकको आकारको साथै अत्याधिक जनघनत्व पनि भाइरस नियन्त्रणको एक समस्या हो । अहिले औसतमा एक वर्गकिलोमिटरको दूरीमा ४२० जना मानिस बस्ने गरेका छन् जबकी चीनमा यो क्षेत्रमा केवल १४८ जना मानिस बसोबास गर्छन् ।

त्यस्तै भारतीय सहरमा त्यति धेरै खुला ठाउँ पनि छैन ।

दक्षिण कोरियामा कुनै लक्षण नदेखिएका मानिसमा पनि यो भाइरसको परीक्षण भइरहेको छ । तर भारतको हकमा अत्याधिक जनसंख्या भएको कारण यस्तो गर्नु कठिन हुने नयाँ दिल्लीस्थित थिंक ट्यांक पब्लिक हेल्थ फाउण्डेशन अफ इण्डियाका अध्यक्ष डा. के श्रीनाथ रेड्डीको बुझाइ छ । उनका अनुसार धेरै घरहरु जोडिएको र यहाँका मानिसहरु गरीब तथा मध्यवर्गका भएकाले पनि भाइरस रोक्न कठिन हुन सक्छ ।

भारतले मंगलबार निजी प्रयोगशालालाई पनि कोरोनाको परीक्षण गर्न अनुमति दिने निर्णय गरेको छ । तर सरकारले अहिलेसम्म त्यस्ता प्रयोगशालाको सूची भने सार्वजनिक गरेको छैन ।

भारतको सार्वजनिक स्वास्थ्य प्रणालीको सीमित स्रोतको आधारमा कोरोना भाइरस नियन्त्रणको प्रयास भइरहेको रेड्डी बताउँछन् ।

भारतको स्वास्थ्य स्याहारको खर्च विश्वको सबैभन्दा कममध्येको एक हो । भारतमा स्वास्थ्य क्षेत्रमा कूल जीडीपीको केवल ३ दशमलव ७ प्रतिशत खर्च हुने गरेको छ ।

साउथ चाइना मर्निङ पोष्टको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment