Comments Add Comment

रेमिट्यान्स घट्यो, विदेश जानेको संख्या बढ्यो

५ चैत, काठमाडौं । विदेशमा काम गर्ने नेपालीले पठाउने रकम विप्रेषण (रेमिट्यान्स) गत वर्ष भन्दा यसवर्ष घटेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को ७ महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट सार्वजनिक गर्दै रेमिट्यान्स घटेको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७५ को साउनदेखि माघसम्म ५ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएकामा २०७६ को साउनदेखि माघसम्ममा ५ खर्ब १३ अर्ब रुपैयाँमात्र प्राप्त भएको हो । गत वर्ष २८.५ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाह यो वर्ष ०.५ प्रतिशतले घटेको राष्ट्रबैंकले जनाएके छ ।

गत वर्ष भन्दा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या भने बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment