Comments Add Comment

होटल र बसलाई संक्रमणरहित बनाउनुपर्ने, क्षमताभन्दा बढी यात्रु बोक्न निषेध

५ चैत, काठमाडौं । अब सार्वजनिक सवारीलाई संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गर्नुपर्ने भएको छ ।

यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले प्रत्येक दिन सञ्चालन गर्नुअघि समय-समयमा ‘डिसइन्फेक्सन’ गर्नुपर्ने निर्णय गरेको छ ।

सार्वजनिक सवारीसाधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसरपसार नगर्न र नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि भएको छ । यस्तै सर्वसाधारण नागरिकलाई भीडभाड नगरी यात्रा नगर्न अनुरोध नगर्ने र त्यसको अनुगनमा प्रहरीमार्फत गर्ने निर्णय पनि गरेको छ ।

सरकारले होटल, रेस्टुरेन्ट तथा सपिङ मलका सञ्चालकहरुलाई हात सफा गर्ने लगायत सफाइका सामाग्रीहरुको प्रवन्ध गरी टेबल कुर्सी, बार रेलिङ र शौचालय लगायतका स्थमानहरुमा पनि ‘डिस्इन्फेक्सन’ गर्न लगाउने निर्णय गरेको छ ।

तापक्रम मापन गर्ने उपकरण र सामग्रीको व्यवस्था गरी उक्त स्थानमा प्रवशे गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्न लागाउने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment