Comments Add Comment

गैरआवासीय नेपाली संघद्वारा तीन महिना औपचारिक कार्यक्रम रद्द

५ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी ३ महिना भित्र निर्धारित सबै औपचारिक कार्यक्रम रद्द गरेको छ । संघका महासचिव डा. हेमराज शर्माका अनुसार आइतबार बसेको संघको पदाधिकारी बैठकले आगामी ३ महिनाभित्र तय भएका सबै कार्यक्रम रोक्ने निर्णय भएको छ ।

३ महिनापछि आयोजना हुने कार्यक्रमको अन्तरिक तयारी भने जारी राख्ने निर्णय संघले गरेको छ । संघका आन्तरिक विषयमा छलफल गर्न अन्तराष्ट्रिय परिषद्को बैठक २२ मार्चमा तोकिएको छ ।

संघले नेपालमा कोरोना संक्रमण रोक्न एनआरएनए अध्यक्ष पन्तको संयोजकत्वमा उच्चस्तरीय समिति समेत गठन गरेको छ । विश्वव्यापी प्रकोप बनेको नोभेल कोरोना भइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उच्चस्तरीय समिति गठन गरेको जनाएको छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा गठन भएको उच्चस्तरीय अनुगमन समितिमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधारलाई सल्लाहकार राखिएको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञसहितको सो समितिका अन्य सदस्यमा डा. सञ्जिव सापकोटा (अमेरिका), डा. डोरन रसाइली (क्यानाडा), प्रोफेसर पदम सिम्खडा (युके), डा. रमेशकुमार खोजु (युके), डा. सन्तोष सापकोटा (अमेरिका) र डा. सत्यमान राजभण्डारी (युके)लाई तोकिएको छ ।

यसैगरी डा. कुश श्रेष्ठ (अष्ट्रेलिया), डा. पुरु श्रेष्ठ (अमेरिका), डा. अलनी सुवेदी (पोल्याण्ड), डा. श्रवणकुमार मिश्र (नेपाल), डा. शक्ति चौरसिया (नेपाल), डा. हेमराज शर्मा (युके) र डा. हेमन्त दवाडी (नेपाल) सदस्य रहेका छन् ।

समितिले नेपाल सरकारसँग सहकार्य गरेर कोरोना भाइरसको महामारीबिरुद्ध लड्न सहयोग गर्ने भएको छ । समितिले देशमा आइपर्ने विपत्तिका बारेमा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायत, सचेतना मुलक सामाग्री तयार गर्ने अध्यक्ष पन्तलाई उदृत गर्दै संघले उल्लेख गरेको छ ।

समितिले वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगको लागि नेपाली भाषामा प्रचार सामाग्री तयार गर्ने, महामारीको अवस्थामा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्ने निर्णय गरेको छ । यसैगरी, तत्कालका लागि कोराना संक्रमणविरुद्ध लड्न आवश्यक सामाग्री उपलव्ध गराउने, नीतिगत तहमा विदेशमा सिकेको ज्ञान र सिपलाई नेपाल सरकारसम्म पु-याउनेलगायतका विषयमा केन्दि्रत रहेर काम गर्ने बताएको छ ।

चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोन भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँगै नेपाललाई सहयोग गर्न एनआरएनएले समेत आफ्नो सक्रियता देखाएको बताएको छ । संघका विश्वभर ८१ देशमा राष्ट्रिय समिति रहेका छन् । संघले यसअघि आˆना शाखालाई नोवल कोरोन भाइरसको संक्रमण रोक्न र सजक हुन निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment