+
+
Shares

इन्फ्लुएञ्जाको रिपोर्ट नेगेटिभ आए पनि कोरोना परीक्षण गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते २०:३१

५ चैत, काठमाडौं । सरकारले मौसमी रुघाखोकी (इन्फ्‍लुएन्जा) को परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएमा त्यस्ता बिरामीको पनि कोरोना भाइरस संक्रमणको परीक्षणको तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले देशभरिका अस्पतालबाट इन्फ्लुएञ्जाको लागि परीक्षणमा पठाएको नमुनामा इन्फ्लुएञ्जा संक्रमण नदेखिए कोरोना परीक्षण गर्ने तयारी गरेको बताए ।

‘इन्फ्लुएञ्जा लक्षण देखिएकाहरुलाई सुरुमा इन्फ्लुएञ्जाको परीक्षण गर्ने हो, देखिएन भने मात्र कोरोना परीक्षण गर्ने छलफल भइरहेको छ’ उनले भने ।

हाल सरकारले कोरोना संक्रमण फैलिएको देशबाट आएका र उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुमा १४ दिनभित्रमा कोरोनाको लक्षण देखिए मात्रै परीक्षण गर्ने व्यवस्था गरेको थियो । हालसम्म करिब ५ सय जनाको मात्र कोरोना संक्रमणको परीक्षण गरिएको छ ।

कोरोना संक्रमण परीक्षण ज्यादै थोरै संख्यामा हुँदा संक्रमितको पनि परीक्षण नभएको हो कि भन्ने आशंकामा सर्वसाधारणमा मनोवैज्ञानिक त्रास थियो । हाल काठमाडौं टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र कोरोना भाइरस संक्रमणको परीक्षण हुँदै आएको छ ।

सरकारले देशभरका अस्पतालको इन्फ्लुएञ्जाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउन पनि निर्देशन दिएको प्रवक्ता देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?