Comments Add Comment

घरभाडा र बैंकको ब्याजदरमा सहुलियत दिन व्यवसायीको माग

५ चैत, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले कोरोना भाइरसका कारण उद्योग–व्यवसाय धराशासी बनेको भन्दै सहुलियतको माग गरेको छ ।

बुधबार महासंघका अध्यक्ष नरेश कटुवालले प्रेस विज्ञप्ती जारी गर्दै घरभाडा र बैंकको ब्याजदरमा सरकारले सहुलियत दिनु पर्ने बताएका हुन् ।

भाइरसका कारण व्यवसाय संकटमा पर्न लागेको र घरभाडा तथा बैंकको ब्याजदर तिनैृ मुश्किल पर्ने अवस्था आउन लागेको भन्दै सहुलियत दिनु पर्ने महासंघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘भाइरसका कारणले अब व्यवसाय धराशासी भए घर भाडा तथा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुग्नेछ’ अध्यक्ष कटुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना प्रभावित उद्योग–व्यवसायहरुलाई घरभाडा तथा बैंकको ब्याजदरमा सहुलियत दिने व्यवस्था मिलाउन साथै निजीक्षेत्रसँगको सहकार्यमा खाद्य पदार्थ र अत्याबस्यक बस्तुको आपूर्ति ब्यबस्थापन सहज बनाउन समेत नेपाल सरकारसँग महासंघ जोडदार माग गर्दछ ।’

कटुवालले बजारमा वस्तु तथा सेवाहरु अभाव नरहेको बताएका छन् । कोरोना भाइरसका कारण देशभर नै सामाग्रीको अभाव हुन लागेको भन्दै अनावश्यक चर्चा भएको भन्दै अध्यक्ष कटुवालले लत्ता कपडा जन्य सामाग्रीहरु अभाव नभएको बताए ।

‘हामीसँग विशेष गरेर लत्ता कपडा, जुत्ता, मेकअप लगायतका सामाग्रीहरु पर्याप्त छन्’ उनले भने, ‘न्यूरोड, महावौद्ध लगायतका ठाउँमा सामाग्री अभाव भयो भन्ने गरेको पाइयो, त्यो गलत हो ।’

उनले भएका वस्तुहरु सहज रुपमा उपभोक्तालाई बिक्री वितरण गर्न महासंघले व्यवसायीहरुलाई आग्रह समेत गरेको बताए । उनका अनुसार मास्क उद्योगीहरुलाई पनि महासंघले उत्पादन बढाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment