+
+
Shares

आजदेखि देशभरका हल बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते ९:२२

कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै सरकारले देशभरका हल बन्द गर्ने निर्णय गरेसँगै हल संचालकहरुले सूचना जारी गर्दै आजबाट वैशाख १८ गतेसम्मलाई हल बन्द गर्ने निर्णय गरेका छन् । चलचित्र संघले पनि विज्ञप्ती जारी गर्दै आजबाट वैशाख १८ गतेसम्मलाई सम्पूर्ण हल बन्द गर्न सूचना जारी गरिसकेको छ ।

देशको सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सले आफ्नो वेवसाइटमा जनताको सुरक्षा पहिलो प्राथमिकता भएको भन्दै हल वैशाख १८ गतेसम्मलाई बन्द भएको जानकारी दिएको छ ।

चैत्र महिनामा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् । अझ, नयाँ बर्षको छेकोमा रिलिज हुने चलचित्रको व्यापार उत्साहजनक भएको पाइन्छ । तर, यो बर्ष कोरोनाका कारण नयाँ बर्षमा पनि चलचित्र रिलिज नहुने निश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?