
६ चैत, काठमाडौं । प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले तत्काल कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकले कारागारमा कोरोना भाइरस संक्रमण भएमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको संख्या घटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
हाल नेपालका धेरै कारागारमा क्षमता भन्दा धेरै कैदी बन्दी राखिएको छ । मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले विदेशमा पनि यस्तो अभ्यास भएकाले नेपालमा पनि कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4