
६ चैत, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जिपका चालक धुर्कोट गाउँपालिका-६ का २४ वर्षीय मनिष जिसी रहेका छन् ।
तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप बिहीबार दिउँसो चन्द्रकोट गाउँपालिका-८ को तुराङ्ग मजुवामा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शिषिर गौतम गम्भीर घाइते भएको गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । घाइते दुवै जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको उनले बताए ।
जिप दुर्घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4