+
+

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

आइतबारबाट सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते २१:३०

भारत । भारतमा कारोना भाइरस कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । बिहीबार भारतको पञ्जावमा एक जनाको ज्यानगएसँगै समग्रमाभारतमा मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

भारतीय स्वास्थ्यमन्त्रीले कोरोना भाइरसको कारण बिहीबार एकजनाको ज्यानगएको पुष्टि गरेका हुन् ।

त्यस्तै भारतमा संक्रमितको संख्यापनि १९७ पुगेको छ । बिहीबार मात्र भारतमा २७ जना नयाँ संक्रमित देखिएको हो ।

यससँगै भारतले मुलुकमा आइतबारबाट सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कोरोना भाइरसले महामारीको रुप लिँदै गएपछि भारतले यस्तो निर्णय गरेको छ । मार्च ३ मा केवल ६ जना संक्रमित रहेको भारतमा दुई साताभन्दा कम समयमा संक्रमितको संख्या २०० को हाराहारीमा पुगेको हो ।

यससँगै भारतमा यसको प्रकोप निकै तीव्र गतिमा फैलिनसक्ने विश्लेषकहरुले चेतावनीदिएका छन् । भारतको २९ मध्ये १८ भन्दा बढी राज्यमा यो भाइरसको संक्रमित देखिइसकेका छन् ।

अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानमा पनि बिहीबार ७७ नयाँ संक्रमित भेटिएका छन् । पाकिस्तानमा यससँगै समग्र संक्रमितको संख्या ३८४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?