
नायिका वर्षा सिवाकोटी अहिले फुर्सदिलो बनेकी छिन् । चलचित्र ‘परदेशी २’को छायांकन समेत कोरोनाका कारण प्रभावित भएपछि उनी फुर्सदिलो बनेकी हुन् ।
यसैले, वर्षा अहिले सामाजिक संजालमा नै बढी सक्रिय छिन् । सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरहरुले माहोल गर्मिलो बनाउने गरेको छ । केही महिना अगाडि उनले विकिनी तस्वीर पोष्ट गरेर चर्चा बटुलेकी थिइन् ।
उनै, वर्षाले हालै केही तस्वीर पोष्ट गरेकी छिन् जहाँ उनी विन्दास अवतारमा देखिन्छिन् । एक तस्वीरमा उनले लेखेकी छिन्–‘मलाई भिटामिन ‘यू’को आवश्यकता छ ।’ उनले भिटामिन ‘यू’ भनेर आफ्नो मनपरेको मानिसको साथ खोजेकी हुन् या दर्शकको ।
वर्षा अभिनित चलचित्र ‘लक्का जवान’ चैत्रको २१ गतेबाट रिलिज हुने तयारीमा थियो । तर, यो चलचित्र कोरोना त्रासका कारण रिलिज हुन सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4