
७ चैत, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट चार लाख ४४ हजार अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला रक्सौल-१४ बस्ने २४ वर्षीय बब्लु राज रहेका छन् ।
अवैध हुण्डी कारोबार गरी राखेको छ भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले बिहीबार साँझ ५ बजेतिर उनलाई पक्राउ गरेको हो ।
बिआर०५यु ३९७८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई प्रहरीले वीरगञ्ज महानगरपालिका-१० घडिअर्वाबाट नियन्त्रणमा लिएको थियो ।
उनको साथबाट श्रोत नखुलेको अवैध रकम ४ लाख ४४ हजार ८३५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता वीरेन्द्र शाहीले जानकारी दिए ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । पर्सा जिल्ला अदालतमा बैंक तथा वित्तीय कसुर मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4