Comments Add Comment

धनी मानिसहरु कति फरक ढंगले सोच्छन् ?

विश्वभरका धनी मानिसले औसत मानिसले जसरी सोच्दैनन् । लामो समयसम्म अत्यधिक सम्पत्तिको व्यवस्थापन गर्नु निकै कठिन काम हो । सामान्य मनस्थिति भएका मानिसबाट यो काम सम्भव हुँदैन ।

केही मानिसले अचानक धेरै सम्पत्ति पाएपछि त्यसलाई लामो समयसम्म बचाएर राख्न सक्दैनन् । त्यसमा पनि यस किसिमको मनस्थितिले काम गरेको हुन्छ । धनी मानिसहरुलाई हेर्ने हो भने उनीहरुले त्यति धेरै फरक किसिमको सोच राख्दैनन् ।

सबैभन्दा पहिला आफ्नोबारेमा सोच्नु

कुनै पनि संस्थालाई पैसा दिनुभन्दा पहिला उनीहरु आफ्नोबारेमा सोच्छन् । उनीहरु कस्तो मानिसलाई कुन बेलामा सहयोग गर्ने भन्नेमा निकै सचेत हुन्छन् । उनीहरुले केही गर्छन् भने उनीहरुको केही न केही स्वार्थ त्यसमा जोडिएको हुन्छ । यो कुनै स्वार्थीपना होइन, यो धनी बनिरहने तरिका हो ।

भविष्यबारे सोच्नु

अहिले गरेका कामबाट नै तपाईंको भविष्यको निर्धारण हुन्छ । धनी माािनसले आफ्नो जीवनशैली चलाउँदै गर्दा उनीहरु दीर्घकालसम्मको लागि सोच्छन् । विश्वव्यापीकरण, वित्तीय संकट र विश्वयुद्ध धनी मानिसको लागि चुनौतीका साथै अवसर पनि हो । दीर्घकालीन अवसर खेर जान नदिनु र सामान्य किसिमको चुनौतीलाई वेवास्ता गर्दै अघि बढ्ने उनीहरुको बानी हुन्छ ।

काममा विश्वास गर्नु

उनीहरु कहिल्यै पनि कुनै नाफा वा अवसर आउला भनेर कुरेर बस्दैनन् । धनी मानिसहरु आफ्नो भविष्यबारे सोच्छन् । तर, उनीहरु त्यसको लागि अहिलेदेखि नै काम शुरु गर्छन् । राम्रो लगानीकर्ताले अवसर खेल जान नदिन कसरी छिटोभन्दा छिटो निर्णय गर्ने भन्ने कुरामा ध्यान दिन्छन् ।

शौखिन

धनी मानिसहरुको शोख पनि फरक फरक हुन्छ । धनी मानिसहरुसँग आफ्नो शोख पूरा गर्न पर्याप्त पैसा पनि हुन्छ । उनीहरुलाई केही काम गर्न मन पर्दैन भने उनीहरु अरुबाट उक्त काम गराउँछन् । त्यसपछि आफ्नो समय उनीहरु शोख पूरा गर्नको लागि खर्च गर्छन् ।

विशेष ज्ञान

धनी मानिसहरु आधिकारिक शिक्षाभन्दा पनि विशेष ज्ञान हासिल गर्न चाहन्छन् । उनीहरु आफ्नो लक्ष्य पूरा हुने किसिमको ज्ञान पाउन चाहन्छन् । शिक्षा सबैको लागि महत्वपूर्ण छ तर कुनै विशेष क्षेत्रमा दक्ष बन्नु झनै महत्वपूर्ण छ । धनी  मानिसहरु कुनै विशेष क्षेत्रमा धेरै राम्रो प्रदर्शन गरेर नै धनी बनेका हुन्छन् । तर, जोकोहीले यो आँट गर्न सक्दैनन् ।

महत्वाकांक्षी

धनी मानिसहरु धेरै महत्वाकांक्षी हुन्छन् । उनीहरु कहिल्यै पनि पाएको सम्पत्तिबाट सन्तुष्ट हुँदैनन् । त्यसैले उनीहरु एउटा काम सकिएपछि अर्को झन् ठूलो योजनामा हात हाल्छन् ।

लगानी गर्न नडराउनु

धनी मानिसहरु कुनै स्थानमा जोखिम छ भन्दैमा लगानी गर्न हिच्किचाउँदैनन् । उनीहरु आफ्नो लगानी प्रभावकारिता र पैसा खर्चको विषयमा राम्रोसँग अध्ययन गर्छन् । केही गुमाए पनि धेरै कमाउने उद्देश्यका साथमा उनीहरु लगानी गर्छन् ।

प्रतिभावान् मानिसको नजिक रहनु

धेरैजसो धनी मानिसहरु निकै प्रतिभावान् मानिसको वरिपरी रहने गर्छन् । उनीहरु आफ्नो इच्छा र चाहना अन्य मानिसले जस्तो साटासाट गर्दैनन् । उनीहरु आफ्नो आम्दानी र खर्चको विवरण त झनै साटासाट गर्दैनन् । यसले उनीहरुको वास्तविक क्षमता कसैलाई पनि थाहा हुँदैन ।

उत्कृष्ट कर्मचारी छान्नु

उनीहरु आफ्नो सफलताको कारण आफ्ना कर्मचारी हुन् भन्नेमा विश्वास गर्छन् । त्यसैले उनीहरुले सधैं सबैभन्दा उत्कृष्ट कर्मचारीको मात्र छनोट गर्ने गर्छन् । साथै उनीहरु धेरै हदसम्म सही पहिचान गर्नसक्ने क्षमता भएका हुन्छन् । उनीहरु मानिसको क्षमता पहिचानको लागि केही प्रश्न गर्छन् । यसबाट उनीहरुलाई मानिसको सही मूल्यांकन गर्न सहयोग पुग्छ ।

अर्काले के सोच्छ भन्नेकुराको वेवास्ता गर्नु

उनीहरु कहिल्यै पनि अरुलाई प्रमाणित गर्न कुनै पनि काम गर्दैनन् । त्यसका साथै

उनीहरु समग्र विश्वसलाई सानो मानेर ठूलो केही गर्ने सोच राख्छन् । साथै उनीहरु आफ्ना सन्तानलाई पनि धनी बन्ने बाटोमा अघि बढाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment