Comments Add Comment

कोरोना सतर्कता अपनाउन वीरगञ्ज महानगरद्वारा ५ लाख विनियोजन

७ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन वीरगञ्ज महानगरपालिकाले ५ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

भारतको विभिन्न राज्यमा कोरोनाको संक्रमण बढीरहँदा नेपालको मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगञ्ज यसको संक्रमणबाट अझ धेरै जोखिममा छ ।

कोरोना भित्रिन नदिन आवश्यक क्रियाकलाप सञ्चालन गर्न ५ लाख बजेट विनियोजन गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

६० सदस्यीय समन्वय समिति गठन

शुक्रबार बसेको सरोकारवालाको बैठकले कोरोना भाइरसको संक्रमणलाई भित्रिन नदिन वीरगञ्ज महानगरपालिकामा ६० सदस्यीय समन्वय समिति गठन गरेको छ । नगर प्रमुख सरावगीकोे संयोजकत्वमा समन्वय समिति गठन गरेको हो । समितिमा महानगरपालिकाका सबै वडा अध्यक्ष, वीरगञ्ज स्थित अस्पतालका प्रमुख, विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी र समाजसेवी सदस्य रहेका छन् ।

समितिले संक्रमण भित्रिन नदिन सीमाक्षेत्रमा भएका क्रियाकलापको अनुगमन गर्नुको साथै संक्रमणबाट बच्ने उपायका बारेमा सर्वसाधरणलाई सचेत बनाउने काम गर्ने बताइएको छ ।

कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउँदै नारायणी अस्पतालले उपचारका लागि आउने सेवाग्राहीलाई थर्मल जाँच पछि मात्रै प्रवेश दिन थालेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्यायले जानकारी दिए ।

कोरोना विरुद्ध सचेतना अभियान सञ्चालन

सशस्त्र प्रहरीको भन्सार स्थित गुल्मले कोरोना भाइरस विरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ ।

गुल्म रहेको वीरगञ्ज भन्सार कार्यालय परिसरदेखि मितेरीपुलसम्म माइकिङमार्फत कोरोना भाइरसबारे सचेतना जगाइएको डीएसपी अमर खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment