Comments Add Comment

 ओलम्पिक सार्न अमेरिका र बेलायतको प्रस्ताव

काठमाडौं । कोरोना भाइरसको कारण अहिले विश्व खेलकुद नै प्रभावित बनेको छ । सबै खाले खेलकुद गतविधि रोकिएका छन्, खेलकुद ठप्प छ । आगामी जुलाई अगष्टमा जापानमा हुने टोकियो ओलम्पिक पनि कोरोना भाइरसका कारण अन्योलमा छ ।

जापानले ओलम्पिकका लागि तयार रहेको बताइरहँदा अन्य देशहरुले भने ओलम्पिक सार्ने विकल्प अगाडि सारेका छन् ।

बेलायत र अमेरिकाले पनि ओलम्पिक सार्न प्रस्ताव गरेको छ । शनिबार अमेरिकाको पौडी संघ र बेलायतको एथ्लेटिक्स संघले पनि यो प्रस्ताव राखेका छन् । दुवै संघले कोरोना महामारीको कारण ओलम्पिक क्यालेन्डर सार्न भनेका हुन् ।

अमेरिकी पौडी संघकाले अमेरिका ओलम्पिक तथा पाराओलम्पिक कमिटीलाई पत्र लेख्दै ओलम्पिक सार्ने प्रस्ताव गरेको छ । ‘ओलम्पिक शुरु हुनु केही महिनाअघि मात्र सबैले नसोचेको असर व्यहोरिरहेका छन् । जसले गर्दा खेल माथि नै प्रश्न उठेको छ’ अमेरिका पौडी संघका प्रमुख हिन्चेले लेखेका छन् ।

यस्तै युके एथ्लेटिक्सका अध्यक्ष निक कोवार्डले पनि गार्जियनसँगको अन्तर्वार्तामा ओलम्पिक स्थगित गर्नुपर्ने बताएका छन् ।

सबै खेलाडीले जुलाई र अगष्टमा हुने ठूलो खेल मेलाका लागि आफ्नो जीवनभरी नै तयारी गरिरहेको भन्दै कोवार्डले अहिलेको अवस्थामा तयारि गर्न नपाउँदा खेलाडी पनि उत्कृष्ट फर्ममा नहुने बताए । उनले अहिलेको आवश्यकता खेलाडीको स्वास्थ्य र सुरक्षा रहेको बताए । ‘अहिलको प्राथमिकता भनेको व्यक्तिको स्वास्थ्य र सुरक्षा हो र उनीहरुको चिन्ता कम पार्नु हो’ उनले भने ।

विश्व एथ्लेटिक्सका प्रुख सेबास्टिन कोएले यही हप्तामा ओलम्पिक खेल तालिका परिवर्तन हुने सकने आशा राखेका छन् ।

कोरोना भाइरसको कारण विश्वभ विभिन्न खेलको क्वालिफाइङ इभर्न्टहरु समेत हुन सकेको छैन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भने यसअघि तोकिएको मिति जुलाई २४ देखि अगष्ट ९ सम्म नै ओलम्पिक हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment