Comments Add Comment

प्राचीनकालदेखि नै ‘आइसोलेसन’मा बस्नुपर्ने नेपाली संस्कारहरु

अहिले कोरोना भाइरसका कारण आइसोलेसन र क्वारेन्टाइन शब्द निकै चर्चित बन्दै गएको छ । सरकारले पटक पटक आफैं आइसोलेसनमा बसेर कोरोनाको सम्भावित संकट टार्नको लागि नागरिकहरुलाई आग्रह गर्दै आएको छ । आफूलाई अरुसँग अलग राख्नु नै आइसोलेसन हो । यसको नेपाली नाम एकान्तबास हो ।

सम्भावित संकटको समयमा अरुभन्दा भिन्न बसेर आफ्नो सुरक्षाको ख्याल राख्ने चलन धेरै पहिलेदेखि नै नेपाली संस्कारमा चल्दै आएको पाइन्छ । मानिसको जन्म देखि मृत्युसम्मको समयमा गरिने विविध संस्कारहरु हुन्छन् । ती संस्कारहरुमा संवेदनशील मानिएको अवस्थामा सेल्फ आइसोलेसनमा राख्ने प्रचलन समेत धेरै पहिलेदेखि चल्दै आएको हो ।

नेपाली संस्कार अनुसार कुनै पनि मानिस जन्मिँदा ११ दिनसम्म सुत्केरी महिला र बच्चाहरुलाई आइसोलेसनमा राख्ने गरिन्छ । जुन सुत्केरी घरभित्र राखिन्छ । जहाँ खाना र अरु स्याहारको लागि सीमित बाहेक अरु मान्छेलाई जान दिईँदैन । त्यहाँ जाने मान्छेले पनि सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

जन्मको समयमा आइसोलेसन(एकान्तबास)मा नराख्ने हो भने आमा र बच्चाको स्वास्थ्यमा समेत समस्या हुने भएकोले एकान्तबासबाट ११ दिन वा न्वारन नभएसम्म बाहिर ननिकाल्ने नेपाली संस्कार हो । यो संस्कार अनुसार सुत्केरीहरुको विशेष ख्याल राखिन्छ । सफा र सुरक्षित ठाउँमा सुत्केरी कोठा राख्ने गरिन्छ । यो समयमा विशेष पौष्टिकता युक्त खानेकुराको व्यवस्था समेत गरिन्छ ।

त्यस्तै, मृत्यु संस्कारको समयमा समेत आइसोलेसनमा राख्ने नेपाली संस्कृति रहेको छ । १३ दिनसम्म किरियापुत्रीलाई कसैले पनि छुनु हुँदैन भन्ने मान्यता पनि नेपाली संस्कारमा पाउने गरिन्छ ।

शवयात्रामा गएका मलामीहरुलाई घर फर्किएपछि एक दिनसम्म कसैलाई पनि छुन नहुने भन्दै सेल्फ आइसोलेसनमा राख्ने गरिन्छ । किरियापुत्रीहरुलाई १३ दिनसम्म वा नचोखिएसम्मको लागि भनेर आइसोलेसनमा राख्ने गरिन्छ । यो पनि एउटा आइसोलेनसन वा एकान्तवासको उदाहरण हो ।

यसका बाहेक पनि जन्म र मृत्युको बीचमा विभिन्न किसिमका संस्कारहरु छन् जहाँ हामीहरु आफैं आइसोलेसनमा बस्नुपर्ने हुन्छ । नेपाली संस्कार अनुसार विवाह गर्ने समयमा दुईदिन वा कतै एक दिन अघिदेखि बेहुला बेहुलीहरुलाई घरबाट बाहिर निस्कन दिईँदैन ।

सामान्यबाहेक धेरै भेटघाट गर्न दिईँदैन । यस्तै संस्कार व्रतबन्धमा समेत लागु गर्ने गरिन्छ । कतिपय ठाउँमा कुल पूजाको समयमा समेत यसको व्यवस्था गरिन्छ । अघिल्लोदिन देखि नै शुद्ध कुरा मात्रै खाएर भोलिपल्ट बिहानै नुहाई धुवाई गरेर मात्रै कुल पूजा गर्न दिने गरिन्छ ।

त्यस्तै, महिलाहरुको महिनाबारीको समयमा ४ दिन आइसोलेसनमा राख्नुपर्ने व्यवस्था नेपाली संस्कारमा छ । यो संस्कार पछिल्लो समय परिस्कृत भएसँगै बदनाम समेत भएको छ । यद्यपि पहिले यो ४ दिनको आइसोलेसनमा राखेको समयमा ती महिलालाई कुनै पनि काममा नलगाई उनीहरुको स्वास्थ्यको ख्याल गर्नेगरी सुरु भएको संस्कार थियो ।

यो समयमा उनीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने भएकाले यो समयमा उनीहरुलाई विशेष ख्याल गर्नका लागि एकान्तबास वा आइसोलेसनमा राख्ने प्रचलन रहेको छ । यस्ता अरुपनि लोपोन्मुख संस्कारहरु छन् जुन स्वास्थ्यका लागि भनेर समय समयमा हामीहरु आफैं पनि सेल्फ आइसोलेसनमा बस्ने गरिएको हुन्थ्यो ।

नेपाली संस्कारमा सूतकको व्यवस्था

हिन्दु धर्ममा विभिन्न कार्यहरु गर्नको लागि सूतक लाग्ने गरेको बताउने गरिन्छ । सुतक अर्थात् अशुद्ध वा अलगै रहने परम्परा । जस्ता संस्कृति अनुसार हामीहरु सुतक मान्ने गर्छाैं । घरमा सन्तानको जन्म हुँदा होस् या त मृत्यु हुँदा समेत त्यो घरमा सूतक परेको बताइन्छ । जस्तो कुनैपनि मान्छेको मृत्यु हुँदा १३ दिनसम्म सूतक लाग्ने गर्छ । यस परिवारको घर कुनै थाहा छैन र यो कुनै प्राप्त हुन सक्दैन।

सुत्केरी आमालाई बिमारी हुने सम्भावना अत्यधिक हुने गर्छ । यसैले अन्यसँगको सम्पर्कबाट उनीहरुलाई टाढा आइसोलेसनमा राख्ने चलन पहिलेदेखि नै चल्दै आएको हो । त्यस्तै, घरमा नै मृत्यु भएको व्यक्तिलाई मृतकको बिरामी हुँदाको किटाणुहरु उसको परिवारमा रहने भएकोले उनीहरुलाई १३ दिनसम्म आइसोलेसनमा राख्ने गरिएको हो ।

त्यस्तै, मृतकको शरीरमा समेत किटाणुहरु रहेको हुनसक्ने भएकोले शव बोक्ने मलामीहरुलाई आइसोलेसनमा राख्ने गरिएको हो । भोलिपल्ट नुहाएपछि मात्रै मलामी गएको मान्छे चोखो हुने बताइन्छ । मलाम जाँदा लगाएको सबै कपडाहरु फेर्नुपर्ने र तागाधारीहरुले जनै समेत फेर्नुपर्ने मान्यता रहेको छ ।

तर, समाजमा रहेका कितपय संस्कारहरू रूढीवादी र अवैज्ञानिक भएको भन्दै समयानुकूल सुधारका मागहरू पनि हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment