Comments Add Comment

पारसको अपिल- घरमै बसेर सरकारलाई सहयोग गरौं

९ चैत, काठमाडौं । क्रिकेटर पारस खड्काले अत्यावश्यकबाहेकका काममा घरबाहिर नजान सबैलाई अपिल गरेका छन् ।

नेपाल राष्ट्रिय क्रिकेटका पूर्वकप्तान खड्काले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा क्रिकेट टिम र आफ्नो व्यक्तिगततर्फबाट अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

अहिले सहज परिस्थिति नभएको भन्दै उनले भनेका छन्, ‘सबै जना घर बसेर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकार र सम्बद्ध निकायलाई सहयोग गरौं ।’ उनले सबै एकताबद्ध भएर कोरोना भाइरसको महामारीविरुद्ध लड्न अपिलसमेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment