Comments Add Comment

व्यापारिक मलसँगै काठमाडौंका होलसेल पसलहरु पनि बन्द

९ चैत, काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश व्यापारिक मलहरु आइतबारदेखि बन्द भएका छन् । सरकारले अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गर्न भनेपछि काठमाडौं उपत्याकका व्यापारिक मलहरु आइतबारदेखि बन्द भएका हुन् ।

काठमाडौंका सिभिल मल, विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टरलगायतका मलहरु बन्द भएका हुन् । सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले शनिबार औपचारिक निर्णय नै गरेर आइतबारदेखि सबै व्यवसाय बन्द गराइएको जानकारी दिए ।

विशाल बजार तथा रन्जना ट्रेड सेन्टर पनि आइतबारदेखि बन्द भएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मलहरुका साथै न्यूरोड, महावौद्धलगायतका क्षेत्रका होलसेल पसलहरु पनि बन्द भएको जानकारी दिए ।

उनका अनुसार आइतबारदेखिनै व्यवसायीहरुले पसल बन्द गर्ने निर्णय गरेका छन् । यद्यपि, केही कारोबार मिलाउनु पर्ने भएकाले केही व्यवसायीहरुले आइतबार खोलेका छन् । ती पनि सोमबारदेखि बन्द हुने उनले बताए ।

अत्यावश्यक व्यवसायहरु भने बन्द नहुने उनले जानकारी दिए । ‘महासंघमा आवद्ध धेरै साथीहरुको माक्सलगायतका अत्यावश्यक बस्तुहरु उत्पादन गर्ने उद्योगहरु पनि छन्’ उनले भने, ‘अन्य बन्द भए पनि ती उद्योगहरु भने सञ्चालनमै रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment