Comments Add Comment

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग भेटवार्ता

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

आइतबार मन्त्रिपरिषद बैठकसमेत बोलाएका प्रधानमन्त्रीले शीलत निवास पुगेर राष्ट्रपतिसँग छलफल गरेका हुन् ।

मिर्गौला पुनः प्रत्यारोपण गरेर फर्किएपछि राष्ट्रपतिसँग प्रधानमन्त्रीको पहिलो भेट हो । भेटमा राष्ट्रपतिले सरकारले कोरोना संक्रमणविरुद्ध गरेको कामको प्रशंसा गरेको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

करीव दुई घण्टा लामो भेटमा देशको पछिल्लो अवस्था, सरकारका काम र नेकपाभित्रको पछिल्लो विवादको बारेमा समेत चर्चा चलेको स्रोतले जनाएको छ । यसअघि राष्ट्रपतिसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पनि भेट गरेका थिए ।

राष्ट्रपतिले नेकपा नेताहरुलाई आपसी विश्वासका साथ पार्टी एकता जोगाएर अघि बढ्न सुझाव दिएकी छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रप्रमुखलाई देशको समसामयिक अवस्थाबारे जानकारी गराउने नियमित प्रक्रिया अनुसार नै मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको भेटघाट भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment