Comments Add Comment

सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाइने

९ चैत, काठमाडौं । सरकारले सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने भएको छ ।

कोरोना भाइरस रोकथामको विशेष तयारी र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन आइतबार स्वास्थ्यमन्त्री भानभुक्त ढकालले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाउने निर्णय गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारलाई पत्र लेखी सरकारी छात्रवृत्तिमा एमबीबीएस र एमडी/एमएस अध्ययन सकेका डाक्टरलई आवश्यकताअनुसार परिचचालन गर्न आग्रह गरेको छ ।

प्रदेश अन्तर्गत संलग्न सूचीअनुसार सरकारी छात्रवृत्तिमा अध्ययन गरी अध्ययन पश्चात कार्यरत एमबीबीएस र एमडी/एमएस शैक्षिक योग्यता भएका डाक्टरलाई खटाएको निकायमा न्युनतम सेवा प्रवाह नरोकिने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आवश्यकताअनुसार परिचालन गर्न स्वास्थ्य मन्त्रालयले मुख्यमन्त्रीहरुलाई पत्र लेखेको छ ।

त्यस्तै हाल मेडिकल कलेजहरुमा छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई पनि कोरोना भाइरस संक्रमितको उपचारमा सहयोगीको रुपमा परिचालन गर्न आग्रह गरेको छ ।

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment