
Photo Credit : अनलाइनखबर अर्काइभ
९ चैत, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसबाट बचाउन सुरक्षा सतर्कता र योजनामा केन्द्रीत हुनुपर्ने भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन् ।
आइतबारबाट थापाले नियमित प्रत्यक्ष भेटघाट र डेलिगेशनका सबै कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको हो ।
गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार स्वयम् गृहमन्त्री समेत कोरोनाबाट सचेत भएर काम गर्नुपर्ने भएकाले अत्यावश्यकबाहेकका प्रत्यक्ष भेटघाटका कार्यक्रम रोक लगाइएको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि भेटघाट स्थगित गरिएको उनले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4