
९ चैत, विराटनगर । विराटनगरमा लुकाएर राखेको अवस्थामा ११ हजार थान मास्क बरामद भएको छ । आइतबार विराटनगर-९ घोगापुल चोकमा राजेश अग्रवालले सञ्चालन गरेको श्री सुर्जी इम्पेक्समा छापा मारेको अनुगमन टोलीले एघार हजार ३५० थान मास्क बरामद गरेको हो ।
बजारमा मास्कको अभाव भएको अवस्थामा कालोबजारी गरेको सूचना पाएपछि विराटनगर महानगरपालिका, औषधि व्यवस्थापन कार्यालय र प्रहरीको टोलीले छापा मारेको थियो ।
छापा मार्ने क्रममा बोरामा लुकाएर राखेको अवस्थामा ११ हजार ३५० थान मास्क र सेनिटाइजर बरामद गरिएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4