+
+

सुनसान हुन थाले न्युरोड र असन (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ चैत ९ गते २०:५४

९ चैत, काठमाडौं । कोरोना भाइरसको त्रासका कारण काठमाडौंंको मुख्य बजार न्युरोड, असनलगायतका क्षेत्र सुनसान हुन थालेका छन् ।

दैनिक हजारौं मानिसको आवतजावत हुने र किनमेल हुने यी क्षेत्रका धेरै पसल बन्द गरिएका छन् । सडकमा हिँड्ने मानिस पनि छैन । खुलेका केही पसलमा पनि ग्राहक संख्या पातलिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संबोधनका क्रममा अत्यावश्यक सेवाबाहेकका अन्य कार्यालय बन्द गर्न र मानिसहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेका थिए ।

मानिसहरुमा कोरोना भाइरस संक्रमणको त्रास र सरकारी आग्रहका कारण काठमाडौंका अन्य ठाउँका पनि धेरै पसल बन्द भएको छ । सडकमा गुड्ने गाडी पातलिएका छन् ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?