Comments Add Comment

कोरोना भाइरस : कहिले सामान्य होला जीवनशैली ?

कोरोना भाइरसको संक्रमणका कारण सारा विश्व लगभग बन्दप्राय: छ । जुन ठाउँमा दैनिक ठूलो भीड लाग्थ्यो ती ठाउँहरु यतिबेला सुनसान बन्न थालेका छन् । अधिकांश देशहरुमा स्कूलदेखि कलेजहरु सबै बन्द गरिएका छन् । मान्छे जम्मा हुन प्रतिबन्ध लगाइएको छ । संसारका प्रत्येक व्यक्ति कुनै न कुनै तरीकाले यसबाट प्रभावित भएका छन् ।

यो रोग बिरूद्ध विश्वव्यापी प्रयास चलिरहेको छ । योसँगै धेरैलाई जिज्ञासा आउने गर्छ कि यी सबै विषयहरु कहाँ पुगेर अन्त्य हुन्छ । मानिसहरु आफ्नो सामान्य जीवनमा कहिले फर्किन सक्लान् ?

केही दिन अघि बेलायती प्रधानमन्त्री बोरिस जोसनले आगामी १२ हप्तामा बेलायतले यो रोग विरुद्धको युद्ध जित्ने घोषणा गरे । आफ्नो देशले कोरोना भाइरस निर्मूल पार्ने उनको उद्घोष थियो ।

तर, अहिले यो समस्या उनले भनेको १२ हप्तामा नै निर्मूल हुने सम्भावना देख्न नै छाडिएको छ । यसले वर्षभरी जनजीवन प्रभावित गराउन सक्ने समेत बताउने गरिएको छ । नेपाल सरकारले पनि भारत र चीनसँगको सीमानाका बन्द गरिसकेको छ ।

यद्यपि विश्वले अपनाएको बन्द गर्ने रणनीतिले समेत समस्या सिर्जना गराउने एकातर्फ बहस सुरु भएको छ भने अर्काे तर्फ खुल्ला राख्दा पनि संक्रमण थपिने समस्या उस्तै छ । बरु यसले निम्त्याउन सक्ने सामाजिक र आर्थिक क्षति सामान्य नहुने आकलन धेरैले गर्न थालेका छन् ।

कोरोना भाइरसलाई कसरी रोक्न सकिन्छ ?

१. खोपको विकास

२. संक्रमणबाट बच्ने व्यक्तिहरूमा रोग प्रतिरोध क्षमताको विकास

३ स्थायी रूपमा आफ्नो व्यवहारमा परिवर्तन

यी तीनवटै बाटोबाट भाइरसको प्रसारलाई कम गर्न सकिन्छ । अहिलेसम्म प्रयास गरिएको भनेको यही भाइसरको प्रसार कम गर्ने उपाय मात्रै हो । यस बाहेक अरु उपायहरु अहिलेसम्म पत्ता लगाउन सकिएको छ ।

खोप तयार हुन कति दिन लाग्छ ?

खोपले शरीरलाई रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ । जसको कारण यसले मान्छेलाई कमजोर बन्न दिँदैन । करिब ६० प्रतिशत जनसंख्यालाई रोगबाट मुक्त गर्न आफ्नो प्रतिरक्षा विकास गर्ने कार्यलाई ‘हर्ड इम्युनिटी’ भनिन्छ । ताकि कुनै भाइरस महामारीको रूपमा प्रसार नहोस् ।

यसै साता संयुक्त राज्य अमेरिकामा एक व्यक्तिमा कोरोना भाइरसको खोप परीक्षण गरिएको थियो । अन्वेषकहरूलाई यस्तो परीक्षण पशुहरुमा नगरेर सिधै मानिसमाथि गर्न अनुमती दिइएको थियो ।

कोरोना भाइरस विरुद्धको खोपको अनुसन्धान अभूतपूर्व गतिमा भइरहेको छ । तर, यो सफल हुन्छ कि हुँदैन भन्ने ग्यारेन्टी भने छैन । यो विश्वव्यापी रुपमा सबैलाई दिन सकिन्छ कि सकिँदैन ? भन्ने समेत यकीन छैन ।

मानव शरीरमा प्राकृतिक प्रतिरक्षा कसरी पैदा हुन्छ ?

यतिबेला बेलायतको रणनीति भनेको भाइरस संक्रमणलाई जतिसक्दो कम गर्ने हो । ताकि अस्पतालहरुमा अधिक बोझ नहोस् किनकी यतिबेला बेलायतमा आइसियूको कुनैपनि बेड खाली छैन ।

यो मामला आफैंमा कम भयो भने यसले समस्या समाधान तर्फ ध्यान केन्द्रित गर्न सकिन्छ । तर, यदि यी मामिलाहरू यसैगरी बृद्धि भइरह्यो भने यसमा सरकारले विभिन्न क्षेत्रमा थप प्रतिबन्ध लगाउनुको विकल्प हुँदैन ।

बेलायतका मुख्य वैज्ञानिक सल्लाहकार सर पैट्रिक वेलन्स भन्छन् ‘कुनै चीजलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन सम्भव छैन । कोरोना भाइरस संक्रमित हुन नदिन मानिसहरूले प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।’ इम्पेरियल कलेज लन्डनका प्राध्यापक नील फग्र्युसनका अनुसार हामी संक्रमणलाई एउटा विन्दूमा दबाउने कुरा गरिरहेछौं । आशा छ कि मानिसहरू थोरै मात्रामा पनि संक्रमित हुन सक्छन् ।’

तर, यहाँ प्रश्न आउँछ कि यो रोग प्रतिरोधात्मक क्षमता कहिलेसम्म रहन्छ ? किनभने ज्वरोको लक्षण देखिने कोरोना भाइरसले कमजोर प्रतिरोधक क्षमता भएका मानिसहरुलाई धेरै हमला गर्ने गर्छ । जो पहिले कोरोना भाइरसको चपेटामा परेका व्यक्तिहरु हुन्छन् । उनीहरूलाई नयाँ कोरोना भाइरसबाट संक्रमित हुने सम्भावना बढी हुन्छ ।

के हुनसक्छन् अरु मार्गहरु ?

प्रोफेसर वूलहाउस भन्छन्, ‘तेस्रो विकल्प भनेको हाम्रो व्यवहारलाई सँधैको लागि परिवर्तन गर्नु हो । ताकि संक्रमणको स्तर कम रहोस् ।’ यसमा कार्यान्वयन भएका केही उपायहरू समेत सामेल छन् । प्रोफेसर वूलहाउस भन्छन्, “हामीले पहिले बिरामी पहिचान गर्ने र उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिहरू खोज्ने प्रक्रिया अपनाएका थियौं तर, त्यसले काम गरेन ।’

अन्य रणनीतिहरूमा कोभिड १९ संक्रामक रोगको लागि विरुद्धको औषधि जतिसक्दो चाँडो पत्ता लगाउनु नै हुनेछ । यस्तो उपाय यसको लक्षण देखिएकाहरुबाट अरुमा संक्रमण नफैलियोस् भन्नको लागि अरु रणनीति तयार पार्न सकिन्छ ।

बिबिसी हिन्दीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment