+
+

कोरोना रोकथाम कोषमा प्रकाश सपुतको २ लाख

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १५:२०

१० चैत, काठमाडौं । सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा गायक प्रकाश सपुतले २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

प्रकाशले सरकारसम्म पुर्‍याइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कोरोनाबाट बच्नका लागि बागलुङ धम्जाको आफ्नै घर पुगेका प्रकाशले प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै उक्त रकम सरकारलाई उपलब्ध गराएको घोषणा गरेका छन् ।

रकमलाई आवश्यक परेको अवस्थामा जुनसुकै ठाउँमा पनि खर्च गर्न सक्ने उनले बताएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ५० करोड रुपैयाँ बराबरको कोरोना भाइरस संक्रमण रोकथामका लागि कोष स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?