Comments Add Comment

फुटबलर साम्बाको अपिल : कोरोनाविरुद्ध गोल गरौं

१० चैत, काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले पनि कोरोनाविरुद्ध एकजुट भई लड्न अपिल गरेकी छन् ।

साम्बाले विश्वभर नै कोरोना महामारीको रुपमा फैलिएको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारी निर्णयको पालना गर्ने, आधिकारिक निकायको सूचनामा विश्वास गर्ने र अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरेकी छिन् । उनले आफ्नो परिवारको ख्याल राख्न र हात धुनसमेत भनेकी छिन् ।

‘कोरोना भाइरसको कारणले विश्वमा आइपरेको महामारीले सबैलाई सोच्न बाध्य बनाइसकेको छ । यसबाट सयौँ मानिसको मृत्यु भइसकेको छ । नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको मध्यनजर गर्दै सावधानीका लागि सरकारले आग्रह गरेको छ । हामी सबैले सरकारको निर्देशन पालना गरौं’ साम्बाले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश मार्फत भनेकी छन् ।

उनले आधिकारिक निकायको सूचनामा मात्र विश्वास गर्न र अनावश्यक हल्लाको पछि लागेर आतंकित नबन्न पनि आग्रह गरेकी छन् ।

यो पनि पढ्नुहोस फुटबलर साम्बाको अपिल : कोरोनाविरुद्ध गोल गरौं

यस्तै घरमै सुरक्षित साथ बस्ने र कोरोना विरुद्ध गोल गर्नुपर्ने उनको भनाई छ । ‘स्टे काम, स्टे सेप, स्टे होम, लेट्स स्कोर गोल एगेन्स्ट कोरोना ।’

यसैगरी ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीका कप्तान कमल श्रेष्ठले पनि फेसबुकमार्फत सन्देशमार्फत आफू पनि बचौँ अरुलाई पनि बचायौँ भन्दै कोरोनाबाट सुरक्षित रहन आग्रह गरेका गरेका छन् ।

यसअघि राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान तथा अलराउण्डर पारस खड्काले पनि कोरोनाविरुद्ध एकजुट भएर लड्न सबैलाई आग्रह गरेका थिए । खड्काले पनि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै घरमै बसेर सरकारको निर्णय पालना गर्न र अत्यावश्यक समय बाहेक अरु बेला घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment