
१० चैत, काठमाडौं । फ्रान्सबाट आएकी एक जना १९ वर्षीया युवतीमा कारोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएपछि सरकारले उनको ‘ट्राभल हिस्ट्री’ खोज्न थालेको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको टोलीले युवतीको घरमा पुगेर पनि त्यसबारे जानकारी लिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले युवतीले विगतमा भेटेका व्यक्तिहरुबारे जानकारी संकलन गर्न प्राविधिक टोली परिचालन भइसकेको अनलाइनखबरलाई बताए ।
उनका अनुसार ती युवतीले भेट गरेका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिनेछ । विमानमा सवार व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राख्नु आवश्यक हुने उनले जनाए । ‘प्राविधिक टोलीको सुझाव अनुसार के गर्ने भन्ने निर्क्यौल हुन्छ’, देवकोटाले भने ।
सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर स्वाथ्यमन्त्री भानुभक्त ढकालले १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया 4