
१० चैत, बुुटवल । कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई राहत दिन बुटवलका विद्यार्थीले ‘स्मार्ट सेनिटाइजर डिस्पेन्सर निर्माण गरेका छन् ।
पाँचजना विद्यार्थीले ३ दिन लगाएर स्मार्ट सेनिटाइजर डिस्पेन्सरको निर्माण गरेका हुन् । यसलाई उनीहरुले कोभिड-१९ को महामारीलाई राहत दिन निर्मित स्वचालित परियोजना भनेका छन् ।
तीन दिनको मेहनतपछि स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफलतापूर्वक निर्माण गरिएको समूहका दिनेश वलीले बताए ।
उनीसँगै दिनेश बस्याल, विवेक पौडेल, वसन्त पौडेल, सुजन पौडेल, टेक जोन ट्रेडर्सका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपाने र ललित राहुल मगरले सेनिटाइजर डिस्पेन्सर बनाइका हुन् ।
खासगरी कोरोनाको संक्रमण हातबाट छिटो फैलिने हुनाले उनीहरुले सार्वजनिक स्थानमा सचेतना जगाउँदै निर्माण गरिएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरलाई राख्ने समति जनाएका छन् ।
सडकमा आवतजावत गर्ने र भिडभाडमा कोरोना संक्रमणबाट लाग्न सक्ने भएकाले सेनिटाइजर डिस्पेन्सरको प्रयोग गरे यसबाट हातमा रहेका किटाणु मर्ने बुटवलको टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपानेले बताए ।
कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्निोलोजिमा का विद्यार्थीहरुको ग्रुपले बनाएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफल परीक्षणसमेत गरिएको छ ।
यस मेसिनमा भरिएको सेनिटाइजर प्रयोग भएपश्चात् सकिएमा मेसिन सञ्चालन गर्ने अधिकृतलाई सकिएको सूचना जान्छ र अधिकृत व्यक्तिले सेनिटाइजर पुनःभर्नुपर्दछ ।
हातहरूको सेन्सरबाटै आफै निश्चित मात्रामा स्यानिटाइजर हातमा झरेपछि मानिसले हातमा लगाउन मिल्ने गरी बनाइएको छ ।
यसमा अन्तरनिर्मित इन्फ्रारेड अल्ट्रासोनिक स्मार्ट सेन्सर राखिएको छ । जसले स्वचालित रूपमा सेनिटाइजर वितरण गर्ने दिनेश बस्यालले बताए ।
प्रतिक्रिया 4