Comments Add Comment

पर्साको सबैठवा र धोरेमा हेल्थ डेस्क स्थापना

१० चैत, वीरगञ्ज । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न भारतसँग सीमा जोडिएको पर्साको सबठैवा र धोरेमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

पकहामैनपुर गाउँपालिकाले वडा नम्बर ५ को सबैठवा र वडा नम्बर १ को धोरेमा हेल्थ डेक्स सञ्चालनमा ल्याएको हो । भारतबाट फर्किका नेपालीहरुलाई चेकजाँच गरेर मात्रै नेपाल प्रवेश गर्न दिएको गाउँपालिका अध्यक्ष विजय चौरसियाले बताए ।

नेपाल सरकारले भारतीय सीमा नाका बन्द गरेपछि प्रहरीको सहयोगमा नेपाल आउन लागेका भारतीयलाई फर्काइएको अध्यक्ष चौरसियाले बताए ।

सोमबार सो नाका भएर नेपाल प्रवेश गरेका ३५ जना नेपालीलाई चेकजाँच गरिएको सबैठवा स्वास्थ्य चौकीका इन्चार्ज राजन यादवले जानकारी दिए ।

टोल–टोलमा सचेतना अभियान सञ्चालन

गाउँपालिका अध्यक्ष चौरसियाको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले कोरोना भाइरसबाट बच्न टोल–टोलमा सचेतना अभियान समेत सञ्चालन गरेको छ ।

सबैठवा, खेश्रहाको मुसहर बस्तीमा कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सचेत गराउनुका साथै साबुन र मास्क समेत वितरण गरिएको अध्यक्ष चौरसियाले बताए ।

गाउँपालिकाको बोर्ड बैठकले ५ वटै वडामा विभिन्न किसिममा सचेतना कार्यक्रम गर्ने, कोरोना भाइरसबाट बच्न विप्पन वर्गलाई मास्क र साबुनपानीको व्यस्था गर्ने निर्णय गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment