Comments Add Comment

हाेम क्वारेन्टाइनमा केकीः पुस्तक र चलिचत्रसँग भुल्दै

कोरोनाको त्रासका कारण नायिका केकी अधिकारी सेल्फ क्वारेन्टाइनमा बस्न थालेकी छिन् । शुक्रबारबाट उनी क्वारेन्टाइनमा बस्दै आएकी हुन् । उनी घरबाट बाहिर ननिस्किएको ४ दिन बितिसक्यो ।

कोरोनाबाट बच्ने आधार भनेको नै सर्तकता र सावधानी भएको भन्दै उनी क्वारेन्टाइनमा बस्दै आएकी छिन् । उनले भनिन्, ‘जबसम्म तपाई कोरोना लिनको लागि बाहिर जानुहुन्न, तबसम्म कोरोना तपाई समक्ष आउने छैन । त्यसैले क्वारेन्टाइनमा नै सुरक्षित रहनु होला ।’

क्वारेन्टाइनमा बिताएको ४ दिन केकीको लागि रमाइलो नै लागिरहेको छ । कामले व्यस्त बनिरहेको जीवनमा बल्ल फुर्सद मिलेको केकीले महशुस गरेकी छिन् । उनले भनिन्, ‘कहिले काहीँ काम नभएर घरमा नै बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले त्यो मौका पाइएको छ । त्यसैले रमाइलो नै लागिरहेको छ ।’

केकी अहिले घर सरसफाईमा रमाइरहेकी छिन् । आफूलाई नचाहिने सामानहरु उनी छुट्याइरहेकी छिन् । ‘यहाँ नचाहिने सामानहरु धेरै थिए । चाहिने र नचाहिने सामान छुट्याउने समय पनि पाएको थिइन्’, केकी भन्छिन्, ‘अहिलेको समय त्यसमा पनि खर्च गरिरहेको छु ।’

केकीको दिनचार्यको सारथी चलचित्र र पुस्तक बनेका छन् । हेर्न नपाएका चलचित्र र दोहोर्‍याएर हेर्न मन लागेका चलचित्रहरु उनी हेरिरहेकी छिन् । ‘दिनमा मैले २ वटा चलचित्र हेरिरहेको छु’, केकीले भनिन् ।

केकी अहिले अभिनय सम्बन्धी पुस्तक पढिरहेकी छिन् । पछिल्लो समय विदेश जादाँ ल्याएको ‘एक्टिङ प्रिपिरेसन’ पुस्तकको सेट-१ उनले पढ्न सुरु गरिसकेकी छिन् । केकीले भनिन्, ‘यसको ३ वटा सेटहरु छन् । त्यहीँ पढ्न सुरु गरेको छु ।’

केकी कोरोनाबाट सुरक्षित रहनको लागि आफ्ना शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरुलाई घरमा नै सुरक्षित रहनको लागि आग्रह गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment