Comments Add Comment

गुल्मीमा मंगलबार बिहानदेखि कर्फ्यू

११ चैत, गुल्मी । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस -कोविड-१९) को संक्रमण फैलिन नदिन गुल्मीमा निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार बिहान निषेधाज्ञा (कर्फ्यू) जारी सम्बन्धी सूचना जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधी बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेकसम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको जानकारी दिए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार चैत ११ गते बिहानदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
निषेधाज्ञा अबधीमा नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

अस्पताल, औषधि पसल र पेट्रोल पम्प २४ सौं घण्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफूल पसलहरु अनिवार्य रुपमा हातधुने व्यवस्था गरी तोकिएको समयमा सञ्चालन गर्न दिइनेछ । निषेधाज्ञा उल्लंघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार कारबाही हुने निषेधाज्ञासम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment