 
																			११ चैत, बुटवल । नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले १५ दिनको पारिश्रमिक प्रदेश सरकारले गठन गरेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
चैत महिनाको पारिश्रमिकबाट १५ दिन बराबरको रकम सहयोग गर्ने निर्णय भएको नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका कार्यबाहक नेता वीरेन्ऽकुमार कनौडियाले जानकारी गराए ।
प्रदेश ५ मा नेपाली कांग्रेसका १९ जना सांसद छन् । उक्त रकम कोभिड-१९ को नियन्त्रण, उपचार र राहतमा मात्र खर्च हुने बताइएको छ ।
यसअघि प्रदेश सरकारले स्थापना गरेको कोरोना विपद् कोषमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का सांसदहरूले पनि १५ दिन बराबरको तलब दिने निर्णय गरेका थिए ।
प्रदेश सरकारको सोमबार बसेको बैठकले दस करोडको विपद् कोष स्थापना गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4