Comments Add Comment

नेपाल प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा

११ चैत, काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गरेको हो ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिले १५ फागुनमै लम्साल, क्षेत्री र पाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री मृर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद बैठक बस्न नसकेकाले सिफारिस उपर निर्णय हुन समय लागेको थियो ।

हाल सुदूरपश्चिम प्रहरी प्रमुख रहेका लम्साल वर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ब्याची हुन् । उनीहरुले २५ असार २०४७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

क्षेत्री र पाल १९ वैशाख २०४९ मा नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृत हुन् । क्षेत्री र पालमध्ये एक जनाले २४ असार २०७७ पछि नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् । यदि ३० वर्षे सेवाअवधि हटे ठाकुरकै कार्यकाल लम्बिनेछ ।

हाल क्षेत्री केन्द्रीय प्रहरी प्रवक्ता छन् भने पाल आतंकवाद र विशेष प्रकृतिको अनुसन्धानमा खटिने विशेष ब्युरोको नेतृत्व गरिरहेका छन् ।

यसअघि पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले २८ माघमा अवकाश पाएसँगै तीन एआईजी पद रिक्त थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment