+
+
Shares

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते ९:४६

१२ चैत, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर १८ का २८ वर्षीय वीरेन्द्र चौधरीको ट्याक्टरबाट खसेर मृत्यु भएको छ । घुर्राखोलाबाट बालुवा लोड गरी आउँदै गरेको से १ त ५८०४ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर उनको मृत्यु भएको हो।

टाउको र शरीरका बिभिन्न भागमा चोट लागेर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो । उपचारको क्रममा उनको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

ट्याक्टर चालक सोही ठाउँका ३३ वर्षीय किसनलाल राना र ट्याक्टर प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?