
फाइल तस्वीर
१२ चैत, गोरखा । लक डाउनको अवज्ञा गर्दै चलेका ९६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोराना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सोमबार साँझदेखि गोरखा जिल्ला लक डाउन गरिएको हो । लक डाउनलाई अटेर गर्दै चलेका ८१ वटा मोटरसाइकल र १५ वटा चार पाङग्रे सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।
‘हामीले ठाउँठाउँमा चेकिङ राखेका छौं,’ उनले भने, ‘इमर्जेन्सी कामवाहेक गुडेका सवारीलाई नियन्त्रणमा लिँदै चालकलाई घर फर्काइदिने गरेका छौं ।’
अनावश्यक रुपमा हिँडडुल गर्ने मानिसहरुलाई पनि रोकेर घर फर्काउने गरेको उनले बताए । अति आवश्यक कामवाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4