
१२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा स्पेनमा ७०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।
बुधबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसको कारण ७३८ जनाको मृत्यु भएको दर्ता भएको हो । यससँगै स्पेनमा यो भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ४३४ पुगेको छ ।
मंगलबार यो संख्या २ हजार ६ सय ९६ थियो । स्पेनमा यो भाइरसको कारण ज्यान गुमाउनेको संख्या चीनको भन्दा बढी पुगेको छ । चीनमा अहिलेसम्म यो भाइरसको कारण ३ हजार २८१ जनाले ज्यान गुमाएका छन् ।
मंगलबार मात्र स्पेनमा ५ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । यससँगै स्पेनमा यो भाइरस संक्रमित भएको पुष्टि हुनेको संख्या पनि ४७ हजार नाघेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4