Comments Add Comment

कोरोना महामारीका बेला वायर्न र डर्टमण्डका खेलाडीले पूरा तलव नलिने

काठमाडौं । जर्मन क्लब वायर्न म्युनिख र बोरुसिया डर्टमण्डका खेलाडी र निर्देशकहरुले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका बेला आफ्नो पूरा तलव नलिने बताएका छन् ।

दुवै क्लबलेकोरोना भाइरसका बेला क्लका अन्य कामदारहरुको आर्थिक अवस्थालाई सहयोग गर्न यो कदम चालिएको जनाउको छ । यस्तै बुण्डेसलिगामा ११औं स्थानमा रहेको युनियन बर्लिनले कुनै तलब नलिने समेत जनाएको छ ।

यस्तै गतसाता बोरुसिया मोन्चेनग्लाडबाकले तलव नलिने घोषणा गरेको थियो ।

वायरर्नका खेलाडीलेको तलब २० प्रतिशत कट्टा हुनेछ यस्तै डर्टमण्डका खेलाडीले आफ्नो केही तलव त्याग्ने छन् । विश्वभर कोरोना भाइरस संक्रमण फैलिएपछि मार्च ८ यता बुण्डेसलिगाको खेल भएको छैन ।

युनियन बर्लिनले पहिलो टिमको सबैले अहिलेको कठिन अवस्थामा पूरै तलव नलिने निर्णय गरेको जनाएको छ । कहिलेसम्म तलब नलिनेभन्ने टाइमस्केल रहेको समेत क्लबले जनाएक छ ।

यस्तै गत साता वायर्नमा स्टार फरवार्ड रोवर्टो लेवान्डोस्की र उनकी श्रीमती अन्नले कोरोना विरुद्ध लड्न एक मिलियन युरो सहयोग गरेका छन् । यस्तै टिममेट लिओन गोरेट्ज्का र जोसुअ किम्मिचे पनि वी किक कोरोना फन्डमा एक मिलियन युरो सहयोग गरेका छन् ।

बुधबारसम्म जर्मनीमा ३० हजारभन्दा बढी कोरोनाको संक्रमण भेटिएको छ भने अहिलेमस्म १४९ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment