+
+
Shares

घरभित्र बस्दा उकुसमुकुस हुन्छुः स्वस्तिमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १३:१२

नायिका स्वस्तिमा खड्कालाई घरमा बस्न खासै मन पर्दैन । एक दिन पनि घरमा बस्नु पर्यो भने ‘बोर’ हुन्छिन् उनी । तर, अहिले वाध्यताले गर्दा झण्डै एक सातादेखि घरभित्रै ‘नजरबन्द’ छिन् ।

घरमा दिन कटाउन निकै गाह्रो भइरहेको छ उनलाई । अनलाइनखबरसँगको कुराकानीमा स्वस्तिमाले भनिन्, ‘म एक दिन पनि घरमा बस्न नसक्ने मान्छे । एकदिन घर बस्नु परे मलाई उकुसमुकुस हुन्छ । अहिले मलाई साँच्चिकै गाह्रो भइरहेको छ ।’

स्वस्तिमालाई पुस्तक पढ्ने आदत छैन । त्यसैले चलचित्र हेर्नुको विकल्प छैन ।

उनले भनिन्, ‘पुस्तक नपढ्ने भएकाले चलचित्र हेर्ने काम मात्र भइरहेको छ । ट्रेण्डिङमा पनि यहीँ भाइरससँग सम्बन्धित विषयहरु नै आइरहेको हुन्छ । त्यसलाई छोडेर अरु जे भेट्यो त्यही हेरिरहेको छु ।’

स्वस्तिमा सामाजिक संजालमा निकै सकृय छिन् । झनै फुर्सद मिलेपछि त बिहान उठेदेखि राति ननिदाउँदासम्म सामाजिक संजालमा नै हुन्छिन् ।

‘म यसै पनि सामाजिक संजाल बढि प्रयोग गर्ने मान्छे । त्यो माथि अहिले फुर्सद मिलेको छ’, स्वस्तिमा भन्छिन्, ‘समाचारहरुको लागि पनि हेर्नै पर्ने भएकाले सधैजसो एक्टिभ हुन्छु ।’

स्वस्तिमा श्रीमान् निश्चल बस्नेतसँग रमाइलो गरिरहेकी हुन्छिन् । कहिले फाइट गर्ने, कहिले गीत गाउने । यसैमा पनि स्वस्तिमाको दिन बितिरहेको छ ।

स्वस्तिमा अब केही सृजनात्मक काम गर्ने सोचमा छिन् । उनले भनिन्, ‘अहिलेसम्म त केही गरेको छैन । अब भने केही राम्रो काम गर्ने योजना बनाउने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?