Comments Add Comment

प्रदेश १ मा १०२ जना क्वारेन्टाइनमा, १० जना आइसोलेसनमा

१३ चैत, विराटनगर । कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेश १ का विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा १०२ जनालाई राखिएको छ । १० जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य महाशाखाका प्रमुख डा. शुरेश मेहताले ७८ जना भने होम क्वारेन्टाइनमै रहेको जानकारी दिए ।

प्रदेश १ का प्रायः सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गरिएकाले उनीहरुको स्वास्थ्य परीक्षण गर्न सहज भएको जनस्वास्थ्य महाशाखाका प्रमुख मेहताले बताए ।

उनले प्रदेश एकमा दुई हजार ४०८ क्षमताको क्वारेन्टाइनस्थल निर्माण भएको बताए ।

नेपाली सेनाले मोरङ्गको टाँडीमा चार सय बढी क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । त्यसैगरी झापा र सुनसरीमा पनि सेनाले क्वारेन्टाइन तयार गरेको छ ।

प्रदेश सरकार र स्थानीय सरकार विभिन्न जिल्लामा तथा स्थानीय पालिकामा क्वारेन्टाइनस्थल निर्माण गरेको जानकारी दिए ।

त्यसैगरी प्रदेशभित्र ठूला अस्पताल र जिल्ला अस्पतालमा गरी १७४ शैय्याको आइसोलेसन वार्ड तयार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment