Comments Add Comment

जन्मदिनमा झरनाः पखाई हयाट्रिकको

नायिका झरना थापाको आज जन्मदिन हो । तर, यसपटकको जन्मदिनलाई उनले विशेषतवरले मनाउन पाएकी छैनन ।

विश्व यतिबेला कोरोना भाइरसको त्रासका कारण लक डाउनमा छ । झरना पनि आफुले निर्देशन गरिरहेको तेश्रो चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकेर घरमै छिन । विगत केही दिनदेखि घरमै आराम गरिरहेकी झरनाले चलचित्रको छायांकन कहिले सुरु गर्न पाउने हुन, कुनै पत्तो छैन ।

झरनालाई उनको परिवारका साथै चलचित्रकर्मीले सामाजिक संजालबाट शुभकामना दिइरहेका छन । नायिकाको रुपमा हिट भएपछि झरनाले निर्देशनमा हात हालेकी हुन । उनले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर’को दोश्रो सिरिज हिट भयो । यस्तै, तेश्रो सिरिज पनि सुपरहिट भयो ।

झरना अब चौथो सिरिजको निर्देशनमा लागिरहेकी छिन । यो चलचित्रको छायांकन चलिरहँदा नेपाल पनि कोरोना भाइरसको संक्रमणमा परेपछि, उनले छायांकन रोकेकी थिइन ।

झरना, निर्देशनमा हयाट्रिक गर्ने तयारीमा छिन । उनको यो चलचित्रले पनि व्यापारिक रुपमा सफलता पायो भने, उनी दोश्रो महिला निर्देशक हुनेछिन, जसका तिनै वटा चलचित्रले लगातार बक्स अफिसमा बाजी मार्नेछन । झरनालाई जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment