+
+
Shares

‘लक डाउन’मा सुरविनाको दिनचर्या

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १४:२३

नायिका सुरविना कार्की ५ दिन अगाडि भारतको मुम्बइमा थिइन । मुम्बइमा रहेर संघर्ष गरिरहेकी यी नायिका भारत लक डाउन भएसँगै दिल्ली हुँदै नेपाल आइन ।

तर, अहिले नेपाल पनि लक डाउनको अवस्थामा छ । नेपाल सरकारले ७ दिने लक डाउन गरेपनि यो अवस्था विस्तार हुने खबरहरु पनि सार्वजनिक भैरहेका छन ।

सुरविना लक डाउनको समय सदुपयोग गर्न पुस्तक पढिरहेकी छिन । उनी टिकटक भिडियो बनाउन पनि बढी व्यस्त भएको बताउँछिन । साथै, दैनिक रुपमा व्यायम गर्ने कामलाई उनले रोकेकी छैनन ।

सामाजिक संजालमा उनले तस्वीर पोष्ट गर्दै लक डाउनको सदुपयोग गर्दै भनेर लेखेकी छिन । भारतमा रहँदा विभिन्न सिरियलका लागि अडिसन, फोटोसुट र जीममा व्यस्त हुने यी सुन्दरी अहिले परिवारसँग समय बिताइरहेको बताउँछिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?