+
+
Shares

कतार एयरबाट आएका सर्लाहीका युवकको परिवारका सबैजना क्वारेन्टाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १४:५६
प्रतिकात्मक तस्वीर

१३ चैत, जनकपुरधाम । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवती कोरोना संक्रमित भएको पाइएपछि उनीसँगै आएका सर्लाहीका एक युवकलाई घरमै क्वारेन्टाइनमा राखिएको छ । उनीसहित उनका परिवारका सबै सदस्यलाई घरको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

‘हामीले संक्रमित युवतीसँगै जहाजमा आएका एक व्यक्तिको पहिचान गरिसकेका छौं, उनलाई घरकै क्वारेन्टाइनमा राखेका छौं’ प्रमख जिल्ला अधिकारी जिसीले भने, “स्वास्थ्यकर्मीको निगरानीमा उनीसहित उनका १४ जनाकै परिवारलाई राखेका छौं ।’

ती युवकको अहिलेसम्म अवस्था सामान्य देखापरेको बताउँदै उनले १५ दिनसम्म घरकै क्वारेन्टाइनमा सुरक्षाकर्मीको निगरानीमा राखिने बताए ।

थप दुई जनालाई क्वारेन्टाइनमा

प्रमुख जिल्ला अधिकारी जीसीले जिल्लाका थप दुई व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

उनका अनुसार दुबैलाई सरकारी क्वारेन्टाइनमा राखिएको छ । दुबै जना विदेशबाट आएकाले क्वारेन्टाइनमा राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?