Comments Add Comment

लकडाउनमा वीरगञ्ज बजार अनुगमन

कालोबजारी गर्ने तीन पसल कारबाहीमा

१३ चैत, वीरगञ्ज । लकडाउनको मौका छोपेर कालो बजारी गर्ने वीरगञ्जका तीन वटा पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नते नेतृत्वको बजार अनुगमन टोलीले तीन वटा पसललाई कारबाही गरेको हो ।

कम मूल्यमा पाउने ग्लोब ५० रुपैयाँमा बिक्री गरेको र अनुगमन टोलीलाई खरिद मूल्य नदेखाई असहयोग गरेकोले सुरेश मेडिकल हललाई कारबाही गरिएको थियो । घण्टाघरदेखि दक्षिणतर्फको सुरेश मेडिकललाई २० हजार रुपैयाँ र मीना बजार क्षेत्रका दुईवटा तरकारी पसललाई एकएक हजार जरीवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।

‘कुनैपनि बस्तुको ५ देखि २० प्रतिशत नाफा लिन पाइन्छ । तर सुरेश मेडिकलले ग्लोब ५० रुपैयाँमा बिक्री गरेको पाइयोे, खरिद मूल्यको आधार देखाउन सकेनन् । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम अनुगमनमा असहयोग गरेकोले जरिवाना लिएका हौं,’ उनले भने, ‘ भरत इन्टरप्राइजेज, सिद्धार्थ तरकारी भण्डारले खरिद बिल नदेखाएको र मूल्य मनलाग्दी कायम गरेको पाइयो ।’

गुनासो गर्ने व्यक्तिसँगै रहेको अवस्थामा शुरुमा बढी मूल्य लिएको होइन भनेर ढाँटेको र पछि मात्रै स्वीकार गरेकोले सुरेश मेडिकललाई बढी जरीवाना गरिएको उनको भनाइ छ ।

अनुगमन टोलीले नगवा, मुर्ली, पानीट्याङकी क्षेत्रका तरकारी बजारमा बढी मूल्यमा तरकारी, खाद्यान्न र औषधीजन्य बस्तु बिक्री नगर्न अनुरोध गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment