Comments Add Comment

प्रत्येक प्रदेशमा कोरोना परीक्षणको व्यवस्था गर : सांसद गिरी

१३ चैत, काठमाडौं । समाजवादी पार्टीकी नेतृ सरिता गिरीले सातै प्रदेशमा कोरोना भाइरस परीक्षणका लागि ‘परीक्षण केन्द्र’ स्थापना गर्न सरकारसँग माग गरेकी छन् ।

जिल्लामा क्वारेन्टाइनमा राखिएकामा कोरोना भाइरस संक्रमणको लक्षण देखिएमा परीक्षण गर्न कठिनाइ रहेको भन्दै उनले परीक्षण सहज बनाउन माग गरेकी छन् । सम्भावित विरामीको नमुना संकलनका लागि चाहिने भाइरल ट्रान्सपोर्ट भिडिया भीटीएस पनि जिल्लाहरुमा नभएको भन्दै उनले व्यवस्था गर्न आग्रह गरिन् ।

कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले प्रत्येक प्रदेशमा एक एक वटा कोरोना संक्रमणको परीक्षण केन्द्र स्थापना गर्न आवश्यक रहेको उनले बताइन् ।

सांसद गिरीले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सकका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को व्यवस्था गर्न माग गरेकी छन् ।

गिरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारले पोखरा, नेपालगञ्ज र धरानमा कोरोना परीक्षण केन्द्र स्थापना गर्ने निर्णय प्रकाशमा आएको छ । प्रदेश २ लाई बेवास्ता गरिएको छ । त्यसैले प्रदेश २ मा पनि कोरोना परीक्षण केन्द्र स्थापना गरिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment