+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

इँटा उद्योगीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न प्रभु साहको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १८:४९

१३ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले इँटा उद्योग सञ्चालकमाथि भएको आक्रमणका दोषीहरुलाई कारबाही गर्न माग गरेका छन् ।

बिहीबार विज्ञप्ति निकालेर उनले रौतहटको गरुडा नगरपालिका अमरपट्टीस्थित ‘दाइभाइ इँटा उद्योग’का सञ्चालक रामबाबु चौधरीका भाइ मुकेशकुमार चौधरीमाथि सांघातिक हमला भएको उल्लेख गरेका छन् ।

मुकेशकुमार नेकपाका रौतहट जिल्ला सदस्य रामबाबु चौधरीका भाइ हुन् ।

‘इटा उद्योगमा यही चैत २ गते विहान सांघातिक हमला भयो,’ प्रभु साहले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘दाजुभाई इटा उद्योगमा दर्जनौं संख्यामा रहेको अपराधिक समूहले विहान ९ बजे मुकेश कुमार चौधरीमाथि सांघातिक आक्रमण गरी गम्भी घाइते बनाएको छ ।’

नेता साहकाअनुसार उक्त घटनामा १२ भन्दा बढी कामदारहरु घाइते भएका छन् भने मुकेश चौधरी काठमाडौंमा उपचारत छन् ।

‘घटनाको निष्पक्ष छानबिन गरी अपराधीहरुलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न गृह प्रशासनसँग अनुरोध छ,’ साहले विज्ञप्तिमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?