+
+
Shares

राजविराजमा अनलाइनमार्फत् खाद्यान्नको होम डेलिभरी गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते १८:५२

१४ चैत, सप्तरी । राजविराजका बासिन्दालाई अनलाइनमार्फत् खाद्यान्न तथा किराना सामानको होम डेलिभरी गरिने भएको छ । यसका निम्ति दुई किराना पसललाई जिम्मेवारी दिइएको छ ।

राजविराज नगरपालिकाको शुक्रबार बसेको बैठकले खाद्यान्न सामाग्री अनलाइन डेलिभरी गर्नका लागि रमेश किराना पसल र निर्मल किराना पसललाई जिम्मा दिइएको नगर प्रमुख शम्भु यादवले जानकारी दिए । बैठकले खाद्यान्न तथा उपभोग्य सामानको अभाव नभएको जनाएको छ ।

बैठकले राजविराज नगरपालिकाको १६ वटै वडामा खुला ठाउँ पहिचान गरी तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरेको छ । राजविराज बजारमा भने स्थानीय राज रंगशालामा बिहान ६ देखि ९ बजेसम्मका लागि तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरिएको छ ।

तरकारी हटियामा पनि पसले–पसलेबीच ३ मिटर दुरी र ग्राहक–ग्राहकबीच २ मिटर दुरी कायम गरी चिन्ह लगाउन भनिएको छ । यस्तै, शनिबार बिहान १० बजेदेखि कोरोना भाइरस र अन्य किटाणुविरूद्धको किटनाशक औषधि नियमित रुपमा छर्किने निर्णय भएको प्रमुख यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?