Comments Add Comment

इटलीमा एकैदिन ९१९ जनाको मृत्यु, स्पेनमा ७७७ मृतक थपिए

१५ चैत, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ ।

जसमा ४४ जना डाक्टर पनि छन् । सैनिक परिचालन गरेर दुई सातासम्म जनतालाई घरमा राखेका कारण उत्तरी क्षेत्रमा संक्रमण केही कम भएको छ । पोप जन तेइसौं अस्पतालका लुका लोरिनी भन्छन्, ‘अहिले पनि संक्रमितको संख्या उच्च छ तर पछिल्लो दिनमा बृदिद्धर कम छ ।’

यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितहरुको कुल संख्या ६५ हजार ७ सय १९ पुगेको छ ।

यस्तै अमेरिकामा एकैदिन ३१२ जनाको ज्यान गएको छ । यससँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७ पुगेको छ । शुक्रबार एकैदिन १७ हजार २९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २ हजार ६ सय ६४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment