+
+
Shares

संचितालाई गीत गाउने शोख

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते १९:३२

कोरोना भाइरसबाट बच्नको लागि नेपाल सरकारले ‘लकडाउन’ घोषणा गरेको छ । सबै कलाकारहरु सेल्फ क्वारेन्टाइनमा सुरक्षित बसिरहेका छन् ।

नायिका संचिता लुइँटेल पनि आफ्नो परिवारसँग क्वारेन्टाइनमा बस्दै आएकी छिन् । श्रीमान निखिल उप्रेती र दुई सन्तानसँग रमाइलो गरेर नै संचिताले क्वारेन्टाइनको समय बिताइरेहकी छिन् ।

संचिताको दिनचर्या कस्तो भयो भन्ने उनको सामाजिक संजाल हेर्ने दर्शकले पत्तो पाइहाल्छन् । उनले आफ्नो दिनचर्याको भिडियो सामाजिक संजालमा पोष्ट गरिरहेकी हुन्छिन् । पछिल्लो समय संचिताले गीत गुनगुनाएको भिडियो पोष्ट गरिरहेकी हुन्छिन् ।

लकडाउनको अघिल्लो दिन संचिताले ‘फुलै फुलमात्र पनि’ बोलको गीत गुनगुनाएर भिडियो पोष्ट गरेकी थिइन् । लकडाउनको पहिलो दिन ‘काली पारी’ गीत गाएर भिडियो बनाइन् । क्वारेन्टाइनको ५ औँ दिन पनि उनले ‘राजमति कुमति’ बोलको नेवनरी गीत गाएको भिडियो पोष्ट गरेकी छिन् ।

यो हेर्दा नायिका संचितालाई अहिले गीत गाउने शोख बढिरहेको पत्तो पाउन सकिन्छ । उनी क्वारेन्टाइनको समयमा आफ्नो शोख पूरा गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?