+

युईएफए अध्यक्ष भन्छन् : जुन महिनासम्म फुटबल नभए यो सिजन सकिन्छ

२०७६ चैत  १६ गते १४:०८ २०७६ चैत १६ गते १४:०८
युईएफए अध्यक्ष भन्छन् : जुन महिनासम्म फुटबल नभए यो सिजन सकिन्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको डरले अहिले विश्वभर सबै खाले फुटबल गतिविधि ठप्प छ । खेलाडीले खेल्न पाएका छैनन्, दर्शकले हेर्न पाएका छैनन् । विश्वकै चर्चित खेल फुटबल यसरी रोकिँदा सबेतिर अन्योल बढेको छ ।

अहिले फुटबलप्रेमिको चासो कोरोना कहिले रोकिएला अनि फेरि फुटबल कहिले शुरु होला भन्ने छ । विश्वमै चर्चित लिगहरु इंग्ल्याण्डको प्रिमियर लिग, स्पेनको ला लिगा अनि युरोपको क्लब प्रतियोगिता च्याम्पियन्स लिगलगायत लिगहरु अनिश्चितकालका लागि स्थगित छन् ।

युरो कप, कोपा अमेरिकाजस्ता महादेशीय फुटबल अर्को वर्षलाई सारिएको छ । टोकियो ओलम्पिकसमेत एक वर्षपछि हुने भएको छ । त्यसोभए अब फुटबल कहिले शुरु होला ? थाहा छैन ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएका अध्यक्ष अलेक्जेन्डर कफेरिनले कोरोनाले गर्दा यो सिजन नै अन्त्य हुन्छ कि भन्ने शंका व्यक्त गरेका छन् । उनले जुनको अन्तिमसम्म पनि खेल शुरु हुन नसके यो सिजनको फुटबल सकिने सम्भावना रहेको बताए ।

‘कोरोना भाइरसको कारण युरोपको सबै लिग स्थगित छ । यदि हामीले फेरि शुरुवात गर्न सकेनौँ भने सिजन सम्भवत: सकिनेछ’  इटालियन समाचारपत्र ला रिपब्लिकासँग कफेरिनले भनेका छन् ।

यस्तै उनले युरोपेली फुटबलका विषयमा आफ्नो तीनवटा योजना रहेको बताए । ‘तीन विकल्प भनेको मेको मध्यतिर सिजन शुरु गर्ने, जुनमा शुरु गर्ने वा जुनको अन्तिममा शुरु गर्ने हो’ उनले भने ।

युरोपको मुख्य फुटबल लिगमा अहिले ९ देखि १२ राउण्डको खेल बाँकी छ । इंगल्याण्डमा अप्रिल ३० सम्मको लागि फुटबल स्थगित छ । तर त्यो मितिमा फुटबल फेरि शुरु हुन्छ वा हुँदैन भन्न सक्ने अवस्था पनि छैन ।

युईएफए अध्यक्ष कफेरिनले बाँकी रहेको खेलहरु युरोपभर क्लोज डोरमा खेलाउने विकल्प रहेको समेत बताए । ‘क्लोज डोरमा सबै खेल खेलाउने सोच्नु पनि कठिन विषय हो तर हामीलाई अहिलेसम्म थाहा छैन कि खेलहरु दर्शकसहित शुरु हुन्छ वा हुँदैन’ कफेरिनले भने,  ‘यदि कुनै अल्टरनेटिभ नभए च्याम्पियनसिप सक्नुभन्दा उत्तम विकल्प हुने उनले बताए ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय