Comments Add Comment

कुन ठाउँमा कति समयसम्म बाँच्न सक्छ कोरोना भाइरस ?

संक्रमित व्यक्तिसँग आमनेसामने हुँदा मात्र होइन, अरु विभिन्न माध्यामबाट पनि कोरोनाको भाइरस फैलिरहेको छ । उत्तरी छिमेकी चीनबाट फैलिएको कोरोना भाइरस युरोप–अमेरिकादेखि विश्वकै फन्को लगाइरहेको छ ।

यसको आतंक बढ्दै जाँदा सुरक्षाको विधी पनि अपनाउन थालिएको छ । मास्क लगाउनेदेखि व्यक्तिगत दूरी कायम गर्नेसम्म । चिकित्सकहरु सुरक्षात्मक विधी सिकाइरहेका छन्, हात धुनुहोस् । नाक र मुखमा बारम्बार हात नलानुहोस् । पैसा वा कतिपय वस्तुको माध्यामबाट समेत कोरोना भाइरस हामीसम्म आइपुग्ने जोखिमबारे सर्तक गराइरहेका छन् ।

कुनै पनि सामानलाई छुँदा कोरोना भाइरस सर्छ कि भन्ने डर हामीभित्र उत्पन्न भएको छ ।

त्यसैले आज–भोलि कुनै मानिस कुहिनाले ढोका खोल्न थालेका छन् भने कोहि लठ्ठिले लिफ्टको स्विच अन गर्न थालेका छन् । मानिसहरु टिस्यू पेपरले धारा बन्द गर्न थालेका छन् ।

सबैतिर सर–सफाईलाई महत्व दिन थालिएको छ । घरबाट काम गर्ने मानिसहरुले ल्यापटप र कम्प्यूटरलाई सेनिटाइजरले सफा गर्न थालेका छन् ।

तर के तपाईंलाई थाहा छ, कोरोना भाइरस कुन ठाउँमा कति समयसम्म जीवित रहन्छ भन्ने कुरा ?

यहाँ त्यस्ता केही जानकारीहरु छन्, जसले तपाईंलाई यसबारेमा पूर्ण जानकारी प्रदान गर्नेछ ।

एउटा अनुसन्धानका अनुसार विभिन्न ठाउँहरुमा इनफेक्शनलाई रोक्नका लागि किटनाशक औषधि छर्किन थालिएको छ ।

लकडाउनमा घर बाहिर काम गर्ने कर्मचारीहरुलाई सुरक्षित कपडाहरु प्रदान गर्ने योजना पनि भैरहेको छ । धेरै शहरहरुमा राति–राति क्यास मेशिनहरु (एटिएम) को कि–प्याडहरुलाई सफा गर्न थालिएको छ ।

फ्लु जस्ता अन्य भाइरसहरु जस्तै कोभिड–१९ पनि संक्रमित व्यक्तिले हाछयूँ गर्दा अथवा खोक्दा मुख अथवा नाकको माध्यमबाट निस्कने थुक र सिगानको छिट्टाले अरु व्यक्तिमा फैलन्छ ।

वास्तवमा एक पटक हाछयूँ गर्दा करिव तीन हजार छिट्टा उत्पन्न हुन्छ । यी छिट्टाहरु अरु मानिसको लुगा र वरपर खस्न सक्छ । थोरै मात्रामा केही थोपाहरु हावामा पनि रहन सक्छ ।

कोरोना भाइरस दिशामा पनि लामो समय जीवित हुन सक्ने पनि प्रमाण प्राप्त भएको छ । त्यसैले दिशा गरि सकेपछि राम्रोसंग साबुन पानीले हात धुनु आवश्यक छ । यदि त्यो व्यक्तिले राम्रोसंग हात धोएन भने उसको सम्पर्कमा आउने अन्य सामानहरु पनि संक्रमित हुन सक्छ ।

सेन्टर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्न, वल्र्ड हेल्थ अर्गनाइजेसन र अन्य स्वास्थ्य संस्थानहरुका अनुसार यो भाइरस फैलनबाट रोक्नका लागि बारम्बार हात धुनु र छोइरहनु पर्ने सतहहरुलाई सफा गरिरहनु आवश्यक छ ।

कोभिड–१९ कति समय शरीर बाहिर जीवित रहन्छ ?

मानिसहरु मानिसको शरीर बाहिर कोरोना भाइरस कति समयसम्म जीवित रहन्छ भन्ने कुरा थाहा पाउन उत्सुक छन् । यो प्रश्नको जवाफका लागि हामी सार्स र मार्सजस्ता अरु कोरोना भाइरसमा भएका केही सर्वेक्षणलाई ध्यान दिने हो भने फलाम, शिशा र प्लास्टिकमा नौ दिनसम्म जीवित रहन सक्छ ।

यसका साथै कम तापक्रममा पनि केही भाइरस २८ दिनसम्म पनि जीवित रहन सक्छ । त्यस्तै कोरोना भाइरस अनुकुल वातावरणमा शक्तिशाली भएर टिकिरहने भाइरसको रुपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment